प्रदीप क्षेत्रीसहित ४ डिएसपी भए एसपी बढुवाका लागि सिफारिस (सूचनासहित)



काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका चार प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस गरेको छ।

शुक्रबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अध्यक्षताको बढुवा समितिले प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप बहादुर क्षेत्री, नारायण रन्जितकार, अनन्तराम शर्मा र एकनारायण कोईरालालाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिसमा परेका चारैजना अधिकृत २०६१ जेठ १५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। उनिहरु चारैजना डीएसपीहरुको बरियतामा अगाडी थिए।

बढुवा सिफारिस सुचीः

received_1026392382523920-1717189249.jpeg