

प्रहरी जवान जोशी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । नेपाल प्रहरीका एक जवान मृत फेला परेका छन्।
प्रहरी जवान प्रकाशचन्द्र जोशी झुन्डिएको अवस्थामा मृत फेला परेको जनाइएको छ ।
बझाङ स्थायी घर भएका जोशी काठमाडौंमै कार्यरत रहेको जनाइएको छ ।
उनको मृत्युको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।