राष्ट्रपतिले उद्घाटन गरेको महायज्ञको हवनकुण्डमा आगलागी, क्षतिको विवरण आउन बाँकी

अछाम । अछामको  वैद्यनाथ धाममा जारी कोटीहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ।

आज (शनिबार) दिउँसो कोटीहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको हो।

फागुन १० गतेबाट सुरु भएको महायज्ञको हवन कुण्डमा आगलागी भएको जनाइएको छ ।

आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ।

उक्त महायज्ञको राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उद्घाटन गरेका थिए ।

बिहीवार सुरु भएको कोटिहोम यही फागुन २५ गते शिवरात्रीको दिनसम्म सञ्चालन हुने छ।

बैद्यनाथ धामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसारका लागि कोटीहोम लगाइएको थियो । कोटीहोममा एक करोड ५० लाख खर्च हुने तथा ५० हजारभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *