

ड्युटीबाट घर फर्कँदै गर्दा प्रहरीकै भ्यानबाट खसेर हेमराजले गुमाए ज्यान

काठमाडौं । ड्युटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीले ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गएराति ११ः१५ बजे ड्युटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर घाइते भएका सहायक हवल्दार एलजीको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ ।