

सशस्त्रका चार डिआईजी र १०० एसपीको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा गरेको छ ।
सशस्त्र प्रहरी हेडक्वार्टर हल्चोकका अनुसार चार जना डिआईजीको काज सरुवा गरेको हो ।
डिआईजी गणेश ठाडा मगरलाई बाग्मती प्रदेशमा पठाइएको छ भने दुर्गा भट्टराईलाई सुदूरपश्चिम सरुवा गरिएको छ ।
त्यस्तै प्रतिप पाललाई राष्ट्रिय सुरक्षा परिषद् र लक्षण सिंहलाई प्रधान कार्यालय काज सरुवा गरिएको हो ।
त्यसका साथै सशस्त्र प्रहरी बलका १०० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
सशस्त्र प्रहरीले बिहीबार समयअवधि पुगेका देशैभरका जिल्ला प्रमुखहरू एसपीहरूको सरुवा गरेको जनाइएको छ ।