

प्रधानमन्त्री सचिवालयका यी १३ जना भए बिदाई (पत्रसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयबाट १३ जनालाई बिदाई गरिएको छ ।
सवारी चालकदेखि उपसचिवसम्मका १३ जनालाई माघ १ गतेदेखि लागू हुने गरी हटाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
उक्त पत्रमा ५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई बिदा गरेको जनाइएको छ ।