रुसी सेनामा कार्यरत लमजुङका साजनले गुमाए ज्यान

रूस-युक्रेन युद्धमा वाईसीएलका पालिका अध्यक्ष गुरुङसमेत हालसम्म १२ नेपालीको मृत्यु



काठमाडौं । लमजुङको दूधकोशी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत रहेका साजन गुरुङको रुसी सेनामा कार्यरत रहँदाको बखत मृत्यु भएको छ । राजनीतिक पृष्ठभूमिका गुरुङको केही साता अगाडि रुस–युक्रेम युद्धमा परेर मृत्यु भएको जनाइएको छ ।

जनयुद्धकालदेखि नै माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिँदै आएको पूर्वी लमजुङको गोर्खासँग सीमा जोडिएको दुधपोखरी गाउँपालिका माओवादीका लागि आधार क्षेत्र समेत रहेको थियो । जनयुद्धकालमा साजनका बुवा श्रीमान गुरुङले माओवादीका कार्यकर्ता थिए । श्रीमान अहिले जिल्ला कमिटीको सदस्य सदस्य समेत छन् ।

साजन वैदेशिक रोजगारीका लागि युएई गएको र त्यहीँबाट रुस गएको खुलेको छ । उनको मृत्यु भएको खबर उनका भाईले जर्मनमा थाहा पाएको र उनले परिवारलाई भनेको जनाइएको छ ।

केही महिनायतादेखि रुस–युक्रेन युद्धमा नेपालीहरुले पनि ज्यान गुमाउँदै आएका छन् । पछिल्लो पटक सानको मृत्यु सँगै अहिलेसम्म १२ नेपालीहरुले युद्धमा ज्यान गुमाएका छन् ।

यसअघि रुसी सेनामा कार्यरत स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह, धादिङका राजकुमार गिरी, प्युठानका सोनु सुनार, गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा–१ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गङ्गाराज मोक्तान र कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।