

ढुक्क हिँड्नुहोस् आज र भोलि मुग्लिन-नारायणगढ सडक बन्द छैन…

चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड आज र भोलि चौबिसै घण्टा खुला हुने भएको छ ।
माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर आज र भोलि काम रोकेर दुवै दिन खुला गर्न लागिएको मुग्लिन—नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जनाए ।
तीन साताअघिदेखि मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा पुल बनाउन पहरो फोर्ने काम अहिले चलिरहेको छ। उक्त काम गर्न दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो।