

चन्द्रागिरीको सेतोपहरामा कार दुर्घटना, एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सेतोपहरामा शनिबार भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
६ जना सवार प्र–३–०१–२३ च ६९८५ नम्बरको गाडी काठमाडौँबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका ४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा. महेशकुमार गौतम र उनका छोरा ४ वर्षीया प्रियान्स गौतम रहेका छन् ।
गम्भिर घाइते ६ वर्षकी स्मारिका गौतमको उपचारका क्रममा सवा तीनबजे मृत्यु भएसँगै मृत्यु हुने पाँच पुगेका हुन् ।
जीपका चालक डा. गौतम बालरोग विशेषज्ञ हुन्। डा. गौतमकी श्रीमती डा. सृष्टि तिवारी गौतम सकुशल छिन्। उक्त गाडीमा सवारमध्ये उनी एक मात्रै बाँच्न सफल भइन् ।
उनीहरु सबै एकै परिवारका सदस्यहरु हुन्