

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पबाट चैनपुर क्षेत्रका केही घरहरू चर्किएको जनाइए पनि थप विवरण भने प्राप्त भइसकेको छैन । उक्त भूकम्पको राजधानीमा पनि धक्का महसुस गरिएको थियो ।
आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन ।