एसएसपी पालले दिए राजीनामा, महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप



काठमाडौं । मातहत प्रहरी कर्मचारीमाथि याैन दुर्व्यवहारको आरोप  लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् ।

सहकर्मी महिला हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरी हेडक्वार्टरले छानबिन गरिरहेका बेला एसएसपी पालले शनिबार राजीनामा बुझाएका हुन् ।

राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाइएको प्रहरी केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताए । पालले सहकर्मी महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समिति बनाएको थियो ।

समितिले एसएसपी पाललाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेपछि उनले राजीनामा दिएको प्रहरीले स्रोतले बतायो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा बिदा माग्न गएकी  महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए ।

उक्त घटना बाहिर आएलगतै उनलाई गृह मन्त्रालयले निलम्बन समेत गरेको थियो ।