

निरु पाण्डे हत्या प्रकरणः हत्यामा संलग्न विनोद झापाबाट पक्राउ, काठमाडौं ल्याउँदै प्रहरी

काठमाडौं । राजधानीको कपनमा हत्या गरिएकी निरा आचार्यको हत्या आरोपमा झापाबाट पक्राउ परेका विनोद विकलाई राजधानी ल्याइँदैछ ।
गत वैशाख ७ गते कपनस्थित पसलमा नै हत्या गरिएकी निराको हत्या आरोपमा झापाबाट शनिबार साँझ पक्राउ परेका विनोदलाई थप अनुसन्धानका लागि प्रहरीले काठमाडौं ल्याउँदै गरेको हो ।
पक्राउ परेका विकले प्रहरीसँगको प्रारम्भिक अनुसन्धानमा लुटपाट गर्ने क्रममा प्रतिकार गरेपछि हत्या गरेको बताएका छन् । उनले निराले लगाएको सुनको सिक्री तान्न खोज्दा प्रतिकार गरेको बताएका छन् ।
तर प्रहरी विनोदको बयानबाट विश्वस्त हुन भने सकेको छैन । लुटपाटका लागि गएको व्यक्तिले शरिरको त्यति धेरै स्थानमा किन आक्रमण गर्यो भन्ने कुरा खुलेको छैन ।
घटनास्थलको विश्लेषण गरेका एक प्रहरी अधिकारीका अनुसार निराको एक हातामा दाँतले टोकेको गहिरो घाउसमेत थियो । प्रहरी स्रोतका अनुसार निराले लगाएको सुनको सिक्री विनोदले बालाजुको एक सुन पसलमा बिक्री गरेको खुलेको छ ।
आचार्यको हत्या रहस्यमय बन्दै गएपछि प्रहरी प्रधान कार्यालयले प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति नै बनाएर अनुसन्धान अघि बढेको थियो ।