

समृद्धिको यात्रा रोक्ने कुचेष्ठा गर्नेविरूद्ध प्रधानमन्त्रीको कदम, भक्तपुरबासीमा खुशीयाली

भक्तपुर। संसद विघटन भएसँगै मुलुकका तर्क र वितर्कहरु भइरहेको सन्दर्भमा जिल्लाको सूर्यविनायक चोकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा व्यापक प्रदर्शन गरिएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा कुर्सीको स्वार्थ तथा आफ्नो विगतको कालो कर्तुत लुकाउन आफ्नो मान्छेको नियुक्तिलगायतका कुराहरुमा विवाद सिर्जना गरि प्रधानमन्त्रीलाई हटाई आफु जाने रणनीति बनाई मुलुकलाई अस्थितरतको बाटोमा लान लागेको भन्दै भक्तपुरका युवाहरुले प्रधानमन्त्रीको सथर्मनमा प्रदर्शन गरेका हुन् ।
स्वर्तफुर्त रुपमा निस्किएका युवाहरुले आजको उक्त प्रदर्शन कास्टिङमात्र रहेको उल्लेख गर्दै अब देशभर चर्काउने समेत उद्घोष गरेका छन् । मुलुकको विकास र समृद्धिको यात्रालाई रोक्ने कुचेष्ठा गर्ने कार्यकारी अध्यक्ष प्रचण्ड तथा माधव नेपालको गुटलाई आरोप लगाएका छन् । मुलुकलाई अस्थिरताको बाटोमा हिडाउन प्रयास प्रचण्ड र माधवले गरेको भन्दै युवाहरु आक्रोस व्यक्त गरेका छन् ।
प्रदर्शनमा युवाहरुले केपी ओली जिन्दावाद, पार्टी एकता जिन्दावाद, पार्टी फुटाउन पाइदैनलगायतका नाराहरु लगाउँदै व्यक्तिगत कुण्ठाले गर्दा मुलुक तथा नेपाली जनतालाई अन्धकार बनाउन खोजेको उल्लेख गरे ।
कोही व्यक्तिलाई तत्काल राष्ट्रपति हुनुपर्ने, कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष त कसैलाई सरकारको मुख्य मुख्य मन्त्री आवश्यकता महशुस गरेर व्यक्तिगत इच्छा र कुण्ठा बोकेर प्रधानमन्त्रीलाई गलत्याउन खोजेको भन्दै आक्रोस व्यक्त गरे । गलत्याउन खोज्नु र मुलुकलाई अस्थिरताको बाटोमा लान खोजेकाले आज प्रधानमन्त्री ओलीले बाध्य भएर संसद विघटन गर्नुभएको समेत उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले अबको निर्वाचनपछि प्रधानमन्त्री नहुने तथा महाधिवेशन पछि पार्टी अध्यक्ष नहुने घोषणा गरेको उल्लेख गर्दै झुण्ड तथा पाण्डुहरुले प्रधानमन्त्रीलाई बाध्यात्मक निर्णय लिन बाध्य बनाएको युवाहरुले उल्लेख गरे । भोलीदेखी अभियान नै बनाएर देशभर प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन गर्ने समेत बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटन गरेकी छिन् । उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकिकसकेकी छिन् । प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेका थिए ।
.jpg)
.jpg)
.jpg)
.jpg)