

७२ यात्रुसहित काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान दुर्घटना

पोखरा । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।
काठमाडौंबाट पोखराका लागि ६८ जना यात्रु लिएर गएको विमान बिहान सवा ११ बजे दुर्घटनामा परेको हो ।
कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।
विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।
जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। अहिलेसम्म १३ जनाको शव निकालिएको जनाइएको छ । केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको पनि जनाइएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।