

प्रहरीका १७ डिआईजीको काज सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) को काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार १ नं. प्रदेशमा श्यामलाल ज्ञवाली, मधेश प्रदेशमा बसन्त कुँवर, बागमती प्रदेश प्रहरी कार्यालयमा दीपक थापाको सरुवा भएको छ ।
त्यस्तै बुद्धि गुरुङ गण्डकी प्रदेश सरुवा भएका छन् भने लुम्बिनी प्रदेशमा यसअघि प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका टेकप्रसाद राई सरुवा भएका छन् ।
त्यस्तै कर्णाली प्रदेशमा भीम ढकाल र सुदूरपश्चिम प्रदेशका अशोक सिं सरुवा भएका छन् ।
त्यस्तै विशेष ब्यूरोमा सुदिप गिरी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरण राणाको सरुवा भएको छ ।
डिआईजी पोषराज पोख्रेल प्रहरी प्रवक्ता एवं सूचना अधिकारीमा सरुवा भएका छन् ।