

मतदानस्थलमा मोबाइल र क्यामरा पूर्णप्रतिबन्ध

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा क्यामेरा र मोबाइल निषेध गरिएको छ ।
निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको हो ।
आयोगका अनुसार मतदान केन्द्रमा सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु लैजान पाइने छैन ।
मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा कारबाहीको चेतावनी दिइएको छ ।
मतदान केन्द्रभित्र क्यामरा वा मोबाइल लगेमा जफत गरिने भएको छ ।