

आजको माैसमः पहाडमा वर्षा र हिमालमा हिमपात !

काठमाडौं । आज मुलुकका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ ।
राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने ठानिएको छ ।
बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।
हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ ।