प्रेस युनियनमा संस्थापन इतरसमूहको अग्रता, अध्यक्षमा लम्साल र महासचिवमा पौडेलको अगाडि



हेटौंडा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना शुरु भएको छ ।हेटौंडामा शनिबार सम्पन्न निर्वाचनको मत गणना शुरु भएको हो ।

अहिलेसम्म ६ सय २ मतगणना हुँदा अध्यक्षमा संस्थापन इत्तर पक्षबाट उम्मेदवार बनेका शिव लम्सालले अग्रता बढाएका छन् । संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत पाएकी छन् ।

संस्थापन इतर समूहबाट अध्यक्षको उम्मेदवार बनेका लम्सालले ३ सय १६ मत प्राप्त गरेका छन् । लम्साल ४५ मतले अघि छन् ।

यस्तै उपाध्यक्ष खुल्लामा नकुल अर्यालले अग्रता बढाएका छन् । अर्यालले ३४२ मत पाएका छन् । रामजी दाहालले २५० शेखर रेग्मी १८१, भीष्मराज ओझाले २८० मत पाएका छन् ।

यस्तै केन्द्रीय उपाध्यक्ष बागमतीमा गिरिजाप्रसाद अधिकारीले २ सय ९१ मुरारी अधिकारीले २८४ मत पाएका छन् ।

त्यस्तै महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेलले फराकिलो मतान्तर बढाएका छन् ।