हर्क साम्पाङ भन्छन्, ‘तिमी भत्काउँदै गर म बनाउँदै जानेछु’



धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काम गर्न नदिनेलाई व्यंग्यात्मक कवितामार्फत् आप्mनो अभिव्यक्ति सार्वजनिक गरेका छन् । धराने जनतालाई  खानेपानीको सुविधाको नारा दिएर चुनावी मैदानमा होमिएका ‘एक्ला’ हर्कले आखिर धराने जनताको मन जितेर स्वतन्त्रका रुपमा मेयरमा निर्वाचित भए ।

निर्वाचित भएको दिनदेखि नै काममा खटिएका मेयर साम्पाङले धरानका लागि जस्तो सुकै काम पनि गर्न तयार रहेको बताउँदै आएका छन् । खानेपानीको मुहानदेखि धरानका चोकचोकमा झाडु लिएर सरसफाईमा लागेका साम्पाङ पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत् पनि आप्mना अभियानहरु सार्वजनिक गर्दै आएका छन् ।

उनले यसै क्रममा एउटा कविताको शैलीमा आफूलाई असहयोग गर्नेलाई व्यंग्य कसेका छन् ।

उनी लेख्छन्- (आ-आफ्नो कर्म गरौँ… )

तिमी फोहोर गरिराख म सफा गरिरहनेछु !

आखिर तिम्रो फोहोर सोर्ने कशम जो खाको छु !

तिमी भत्काउँदै गर म बनाउँदै जानेछु !

आखिर बचाउने र बनाउने कशम जो खाको छु !

तिमी नष्ट गर्न जन्मेको म रक्षा गर्न !

आ-आफ्नो काम गरौँ !

समीक्षा ईतिहाँसले गर्ने नै छ !

व्यर्थ बहस नगरौँ ! वश आ-आफ्नो कर्म गरौँ !

तिमी मलाई घृणा गर तर म तिम्रो अस्तित्वलाई माया गर्नेछु !

किनकि तिमी छौ र त म छु ! कालो छ र त सेतो पनि !

तिमी खराब होइनौ र म पनि !

हामी छौँ त वश एक अर्का देखि भिन्न छौँ !

परिवेशले भिन्न… स्वभाव र नियतिले भिन्न