२ दिने शिशुसहित ललितपुरमा एकै घरका ५ जनाको मृत्यु, १ गम्भीर



ललितपुर – ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ ।

कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ स्थित नल्लुमा आज (सोमबार) बिहान ४ जना आज मृत फेला परेकाे र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ ।

गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको पाटन अस्पतालमा उपचार भइरहेको छ ।