काठमाडाैं काेराेना कहरः भीडभाड रोक्न आजदेखि अनुगमन, मास्क नलगाउनेलाई कारबाही

काठमाडाैं – कोरोना सङ्क्रमण बढिरहे पनि भीडभाड नरोकिए पछि काठमाडाैं उपत्यकामा अनुगमन हुने भएको छ। अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन भएको छ।

समितिले आजैदेखि उपत्यकामा अनुगमन थाल्ने काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार बढी भीडभाड हुने क्षेत्र र सार्वजनिक गाडीलाई प्राथमिकतामा राखेर अनुगमन हुनेछ। अनुगमनका क्रममा मास्क नलगाइएको पाइए कारबाही हुने पनि उनले बताए ।

‘मास्क नलगाएकाहरुलाई पहिला मास्क लगाउन प्रोत्साहन गर्छाैँ, तर फेरि अटेर गरेको पाइए कारबाही हुन्छ’ उनले बताए । यस्तै, कोरोना रोकथामका लागि भन्दै काठमाडाैं उपत्यकामा फेरि निषेधाज्ञालाई लम्ब्याउने तयारी भएको छ ।

यस विषयमा आज बस्ने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठकमा छलफल हुनेछ । त्यसपछि भोलि बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बारे निर्णय गर्नेछ । काठमाडाैं उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि सकिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *