टोकियो ओलम्पिकः आज २२ स्वर्णका लागि प्रतिष्पर्धा, अमेरिका शिर्षस्थानमा



टोकियो – टोकियो ओलम्पिकको चौंथो दिन २२ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुँदैछ । आज जिम्न्यास्टिक, साइक्लिङ, डाइभिङ, सुटिङ, जुडो, पौडी, तेक्वान्दो, भारत्तोलनलगायतका खेलहरुमा स्वर्णका लागि प्रतिष्र्धा हुन लागेको हो ।

अहिलेसम्म पदक तालिकामा अमेरिका ८ स्वर्णका लागि शिर्षस्थानमा छ । जापान पनि ८ स्वर्णका लागि दोस्रो स्थानमा छ ।

चीन ७ स्वर्णका साथ तेस्रो स्थानमा छ । यसपटकको ओलम्पिकमा अमेरिका र चीनबीच नै शिर्ष स्थानका लागि प्रतिष्पर्धा हुने देखिएको छ ।