काठमाडौं उपत्यकामा ४२५ सहित देशभर थप २९०५ जनामा कोरोना पुष्टी



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जनालाई कोरोना पोजेटिभ देखियो ।

काठमाडौंमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जनालाई संक्रमण पुष्टि भएको छ । आज देशभर थप २ हजार ९०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा।समिर अधिकारीका अनुसार ८ हजार १०८ पीसीआर र ४९१६ जनाको एन्टीजेन गरि १३ हजार २४ जनामा परिक्षण भएकोमा २९०५ जनालाई संक्रमण पुष्टि भएको हो । अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६४८ रहेको छ ।