नेपालमा २३७० थपिएसँगै हालसम्म संक्रमितको संख्या ७ लाख नाघ्यो, ९ हजार ४ सयको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २३७० जना नयाँ संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५ सय ८४ जनाको परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

यससँगै हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ७ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा थपिएको संख्यासँगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ लाख १ हजार ४८५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभरमा १ हजार १३३ जना कोरोनामुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा ६ लाख २१ हजार २७ जना कोरोनामुक्त भएका छन् भने ९ हजार ४ सय जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।