एसएसपी विश्व अधिकारी भए डिआईजी बढुवाका लागि सिफारिस (सिफारिससहित)
काठमाडौं । प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायब महानिरिक्षक (डिआईजी) मा बढुवा सिफारिस भएका छन् ।
बरियताको पहिलो नम्बरमा रहे पनि यसअघिको बढुवामा छुटाइएका अधिकारीलाई आज बढुवा सिफारिस गरिएको हो ।
अधिकारीलाई यसअघि भएको सिफारिसमा जेनजी प्रदर्शन भएको प्रहरी दमनको आरोप लगाउँदै बढुवा रोकिएको थियो । तर, उनी जेनजी प्रदर्शनका क्रममा उपत्यकाका अधिकांश प्रहरी कार्यालयहरु तोडफोड र आगजनी हुँदा उनी नेतृत्वको काठमाडौं प्रहरी परिसर भने सुरक्षित रहेको थियो । तर, उनलाई छानबिन आयोगले बयान लिएको थियो ।

