प्रहरीका ३ उच्च अधिकारी आजदेखि अवकाशमा

काठमाडौं । नेपाल प्रहरीका ३१ औँ आईजीपी दीपक थापासँगै दुई एआईजीले आज अवकास पाउँदैछन् ।

२०८१ चैत ४ गते आईजीपी नियुक्त थापा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्षे अवधी पूरा गरी आज अवकास हुन लागेका हुन् । उनले आईजीपीका रुपमा ५ महिनाभन्दा केही दिन बढी जिम्मेवारी सम्हाले ।

उनीसँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी पनि ३० वर्षे सेवाअवधी पूरा गरी अवकास हुँदैछन् । उनीहरु २०५२ भदौ १८ मा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा भर्ना भएका थिए । उनीहरुको अवकासपछि नेपाल प्रहरीमा चार एआईजी पद रिक्त हुँदैछ ।

थापाले अवकाश पाउनु भएसँगै एआईजी चन्द्रकुवेर खापुङ १९ गते विहीबारदेखि लागु हुने गरी आईजीपी नियुक्त भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *