अमेरिकाबाट यी ३७ नेपाली डिपोर्ट, चार्टर्ड जहाजबाट आज नेपाल ल्याइँदै (थरसहित)
काठमाडौं । अमेरिकाले थप ३७ जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो।
उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाडौं आइपुग्दैछन्। ३७ जना नेपालीलाई निष्कासन गरिएको बारे अमेरिकाले नेपाल सरकारलाई जानकारी गराइसकेको छ। अध्यागमन स्रोतका अनुसार आज (बुधबार) साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई लिएर अमेरिकाको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। निष्काशित हुनेहरू अधिकांश २६ देखि ३० वर्ष उमेर समूहका छन्। उनीहरू अधिकांशसँग पक्राउ पर्ने क्रममा कागजात थिएन।
अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकामा उनीहरूलाई पक्राउ गरिएको थियो। राहदानी नभएकाहरूलाई वासिङटनडिसीस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाइ दिएको छ। निष्काशित हुनेहरूमा दुईजना बस्नेत,तीनजना भण्डारी,विश्वकर्मा, बोहरा, बुढाथोकी, छिनाल,डाँगी, कुँवर,खत्री र शाह थर भएका एक/एकजना छन्। यसैगरी दुईजना चौधरी,दुईजना कँडेल, दुईजना खड्का, छजना केसी र तीनजना ओलीसमेत निष्काशितको सूचीमा रहेका छन्। यस्तै आचार्य, पुन, विके,गौतम, शेर्पा,सिंह,सुवेदी,तामाङ र ठाडा थर भएका एक/एकजना पनि नेपाल आइपुग्नेछन्।
अवैध बसेका उनीहरूलाई नियमित जाँचका क्रममा कागजपत्र नभएपछि अमेरिकाको सुरक्षाकर्मीले पक्राउ गरेको थियो। पछिल्लो पटक अवैधरुपमा अमेरिका प्रवेश गर्ने नेपालीहरू धमाधम निष्काशन हुन थालेका छन्। अवैध ढंगबाट अमेरिका प्रवेश गरेका आप्रवासीहरुमाथि त्यहाँको अध्यागमनले निगरानी बढाएको छ। जसको मारमा नेपालीहरू पनि पर्न थालेका छन्।
