अन्ततः वीरेन्द्र थापाको पनि भयो बढुवा सिफारिस !

५ पटक छुटेका डिएसपी थापा बुधबारको निर्णयबाट एसपीमा 'सिंगल' बढुवा सिफारिस

काठमाडौं । अन्ततः नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक (डिएसपी) वीरेन्द्र थापा बढुवा भएका छन् । हेडक्वार्टरले पछिल्लो पटक गरेको बढुवासमेत गरी ५ पटकसम्म बढुवामा छुटेका डिएसपी थापाको अन्ततः ‘सिंगल’ बढुवा भएका छन् ।

यसअघि प्रधान कार्यालयले गरेको २२ जना एसपी बढुवामा अट्न नसकेका थापालाई हेडक्वार्टरले बुधबार बढुवा गरेको हो ।

पछिल्लोपटक यही साउन ५ गते बढुवा भएका ११ जना एसपी बढुवामा पनि छुटेका थापालाई विगतमा भोगेको विभागीय कारबाहीका कारण बढुवामा छुटेको बताइँदै आएको थियो । तर, उक्त कारबाहीबाट सफाई पाएर इन्स्पेक्टरबाट २०७२ सालमै डिएसपीमा बढुवा भएका थापा १० वर्षपछि एसपीमा बढुवा भएका छन् ।

असईबाट प्रहरी सेवामा प्रवेश गरेका थापा २०६१ जेठ १५ मा इन्स्पेक्टर भएका थिए । त्यसपछि २०७२ मा डिएसपी बढुवा भएका थापाको ब्याचका १५ जना ब्याची तीन वर्ष पहिले नै एसपी भइसकेका थिए ।

त्यस्तै २०८० जेठ ५ को बढुवामा पनि नअटाएका थापा २०८० चैत २१ को बढुवामा पनि अटाउन सकेका थिएनन् ।

त्यसपछि भएको २०८१ जेठ २५ मा उनका ब्याचीहरु चार जना एसपी भए भने २०८१ माघ १७ मा ३७ जना एसपीमा बढुवा हुँदा पनि उनी अझै अटाएनन् ।

त्यसपछि यही साउन ५ गते भएको ११ जनाको बढुवामा पनि छुटेका थापा अन्ततः साउन २१ मा सिंगल बढुवा हुन सफल भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *