प्रहरीका २ एसएसपीको सरूवा, ११ को पदस्थापन

काठमाडौं । नेपाल प्रहरीका दुई जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । बढुवा भएका ११ जना एसएसपीलाई पदस्थापन गरिएको छ । गृहमन्त्री रमेश लेखकले बुधवार सरुवा र पदस्थापनको निर्णय गरेका हुन् ।

प्रदेश प्रहरी कार्यालय बागमतीका कार्यरत सञ्जय सिंह थापालाई हेडक्वार्टरस्थित कल्याण महाशाखामा सरुवा गरिएको छ । गण्डकी प्रदेशमा कार्यरत कृष्णबहादुर पल्लीमगरलाई प्रदेश समन्वय विभागमा ल्याइएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयमा तुलबहादुर कार्कीलाई पदस्थापन गरिएको छ । कार्कीसहित ११ जना बुधवार एसएसपीमा बढुवा भएका हुन् ।

बढुवा भएका दयानिधी ज्ञवालीलाई कार्य विभागमा पदस्थापन गरिएको छ भने प्रवीण धिताललाई बागमती प्रदेश प्रहरी कार्यालयमा, राकेश सिंहलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा, कमल थापालाई मधेस प्रदेश प्रहरी कार्यालय, राजीव बस्नेतलाई नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत र दीपेन्द्र शाहीलाई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरमा पदस्थापन गरिएको छ ।

प्रकाश रानाभाटलाई सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । ज्ञानेन्द्र फुयाँललाई कार्य विभागमा काज गरिएको छ । दीपक पोखरेललाई कोशी प्रदेश प्रहरी कार्यालय र केदार खनाललाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।

बढुवा भएका एसएसपीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक विशेष समारोहबीच बुधधार नै दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो । बुधबार बढुवा भएका ३५ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *