सशस्त्र एसएसपीका लागि यी ६ भए बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं — सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बढुवा निकालेको छ ।

सशस्त्रको बढुवा समितिको सोमबारको निर्णयअनुसार सशस्त्रमा रिक्त रहेको ६ जना एसएसपीका लागि बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा ध्रुवबहादुर कार्की सिफारिस हुँदा जनकपुर पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोक कुमार बम र विरेन्द्रबहादुर ऐर क्रमशः सिफारिस भएका छन् ।

उक्त सिफारिसउपर चित्त नबुझेमा ७ दिन भित्र उजुरी दिन सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *