डाइभर्सन बगाउँदा कालीगण्डकी कोरिडोर अवरुद्ध

नवलपुर । बाढीले डाइभर्सन बगाउँदा कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. ३ स्थित तरङ खोलामा बढेको पानीको बहाबले डाइभर्सन बगाउँदा कालीगण्डकी कोरिडोर अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका ३ तरङखोला स्थित कालिगण्डकी करिडोर सडक खण्डमा खोलामा पानिको बहाब बढेको कारण डाईभर्सन बगाई सडक पूर्ण रुपमा अबरुद्ध भएको हो ।

नवलपुरको गैडाकोट हुँदै पाल्पा पुग्ने यो सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुहरुले सास्ती पाउने गर्दछन् ।

पानीको बहाव घटेपछि डाइभर्सन बनाइ सडक सञ्चालन गरिने प्रहरीले जनाएको छ । उक्त खोलामा पुल निर्माणको काम जारी रहे पनि निर्माण सम्पन्न नहुँदा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *