धरानमा डाक्टरी पढ्दै गरेका रुपन्देहीका खनाल ११ दिनदेखि बेपत्ता !

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक विद्यार्थी ११ दिन देखि सम्पर्कबिहीन रहेका छन् ।

उक्त विज्ञान प्रतिष्ठानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत रुपन्देहीका सुगम खनाल यही असार २० गतेदेखि सम्पर्कबिहीन भएको जनाइएको छ ।

एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत खनाल २० गते एक्कासी होस्टलबाट बाहिर निस्किएको र त्यसपछि सम्पर्कमा नआएको जनाउँदै उनलाई कसैले देखेमा खबर गरिदिनका लागि परिवारसहित विद्यार्थी कल्याण समाजले अनुरोध गरेको छ ।

यदि उनलाई कसैले कतै देखेमा सम्पर्क नं. ९८४७०६३२२८, ९८४७२९५५१४ र ९८४४४२०५३५ वा प्रहरी चौकीमा सम्पर्क गरिदिनका लागि अनुरोध समेत गरिएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *