काठमाडौं जिल्ला अदालत बारमा चिलुवाल निर्वाचित, कसले कति मत ल्याए ?

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा सुवोधबाबु चिलुवाल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र तिवारीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।

चिलुवालले १ हजार १११ मत ल्याउँदा तिवारीले १३० मत प्राप्त गरेका थिए ।

शनिबार सार्वजनिक निर्वाचनको अन्तिम नतिजाअनुसार उपाध्यक्षमा लक्ष्मी सापकोटा घिमिरे, सचिवमा पुरुषोत्तम अर्याल, सहसचिवमा अनिता शर्मा, कोषाध्यक्षमा प्रमिला कायस्थ निर्वाचित भएका छन् ।

यसैगरी महिला सदस्यमा सम्झना केसी र तुलसा खरेल तथा खुला सदस्यमा सरोज लामा, उदयन रेग्मी, विक्रम खत्री, जनकसिंह साउद, सुरेन्द्र रायमाझी, गणेश भट्टराई, कृष्ण प्रसाद दाहाल, तुल्सीराम पराजुली, सुनिल कुमार यादव, बोध विक्रम थापा, रामबहादुर शाही र सरोज सिलवाल निर्वाचित भएको निर्वाचन अधिकृत दीपक कुमार शाहले जानकारी दिए ।

May be an image of text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *