टेरामेक्स खरिद भ्रष्टाचारः माेहनबहादुर विशेष अदालतमा उपस्थित
काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका हुन् । पूर्वमन्त्री बस्नेतको बयान लिन थालिएको छ ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेको बयान सुरु भएको हो ।
बयान सकिएपछि आजै उनी विरुद्ध थुनछेक बहस हुनेछ । बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो ।
अख्तियारले मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद निलम्बन भएको थियो ।
