चापाकोटका पूर्वमेयर स्व. गिरीको स्मृतिमा स्मरण सभा हुने
काठमाडौं । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल स्याङ्जाका पूर्व अध्यक्ष, नेपाली कांग्रेस स्याङ्जा का पूर्वसचिव तथा चापाकोट नगरपालिकाका संस्थापक नगरप्रमुख स्व शिब कुमार गिरीको स्मृतिमा दोस्रो स्मरण सभा आगामी २०८२ असार ७ गते शनिबार बिहान ८:३० बजे काठमाडौंको बसुन्धरास्थित गोधुली फुडल्याण्डमा आयोजना हुने भएको छ।
कार्यक्रमको आयोजना नेपाली कांग्रेस स्याङ्जा काठमाडौं सम्पर्क समितिले गरेको हो। समितिका सभापति देबि प्रसाद अर्यालले उक्त कार्यक्रमको आयोजनाका बारेमा जानकारी गराउँदै स्व गिरीको योगदानलाई सम्मान गर्न र उनको स्मृतिमा एकत्रित हुने अवसरको महत्त्वलाई रेखांकित गरे ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य शंशाक कोइरालाको उपस्थिति रहनेछ। साथै, विभिन्न जिल्लाका कांग्रेसका नेताहरू, नेविसंघ र तरुण दलका प्रतिनिधिहरू, तथा स्याङ्जाका विभिन्न स्थानका कार्यकर्ताहरूको सहभागिता रहने अपेक्ष गरिएको छ।
स्व गिरीको योगदानलाई सम्झेर आयोजना हुने यस स्मरण सभाले उनको राजनीतिक र सामाजिक सेवामा समर्पणलाई सम्मान गर्ने अवसर प्रदान गर्नेछ। नेपाली कांग्रेस स्याङ्जा काठमाडौं सम्पर्क समितिले यस कार्यक्रममा सबैलाई उपस्थितिको लागि आग्रह गरेको छ।
