यस्ता छन् पछिल्ला २ मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित)



काठमाडौं । गत जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद् बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्तसमेत स्वीकृत गरेको छ ।

जेठ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयकको सिद्धान्त स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ४ विधेयक तर्जुमाका लागि स्वीकृत गर्नुका साथै मन्त्री, सचिव र मेयरको विदेश भ्रमण पनि स्वीकृत गरिएको जानकारी दिएका छन् ।