करेन्ट लागेर जंगली हात्तीको मृत्यु

झापा । झापाको कमल गाउँपालिका–३, रतुवामाई जंगलमा विद्युत् प्रवाह चुहावट (करेन्ट) हुँदा जंगली हात्तीको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार, गए राति (जेठ १९) हात्तीले विद्युत् पोलमा धक्का दिएको थियो । त्यसक्रममा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको मृत्यु भएको हो ।

उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा भेटिएको जानकारी दिए ।

डिभिजन वन कार्यालयबाट घटनास्थलमा प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *