

प्रसाईंसहित ५० जनाको बयान न्यायाधीश कार्कीको इजलासमा

काठमाडौं । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान लिन र थुनछेक गर्न इजलास तोकिएको छ ।
दुर्गा प्रसाईं सहित ५० जनाको बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुने भएको छ ।
राज्यविरुद्धको कसुरका ५० जना प्रतिवादीहरूको बयान र थुनछेक कार्कीको इजलासमा हुनेछ ।
भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुने भएको छ । ११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।