नेपाल पूर्व सशस्त्र प्रहरी संघको पुनर्मिलन कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल पूर्व सशस्त्र प्रहरी संघको पुनर्मिलन तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

संघका अध्यक्ष नारायणबाबु थापाको अध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अर्यालले संगठनका लागि संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि अवकाशप्राप्त अनुभवीहरुबाट उचित सरसल्लाह पाउने अपेक्षा लिएको समेत जनाए ।

उक्त अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (सशस्त्र एआईजी) नारायण दत्त पौडेल, बंशीराज दाहाल र सुरेश कुमार श्रेष्ठलगायत उच्च अधिकृतहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा पूर्व महानिरीक्षक, अतिरिक्त महानिरीक्षक लगायत उपत्यका र काभ्रे जिल्लामा बसोबास गर्ने भूपूहरुको उपस्थित रहेको ।

संघको संयोजनमा भएको भूपूहरुबीचको यस किसिमको भेटघाट, सम्पर्क र भातृत्व कायम गर्दै सदा संगठनको हितको लागि एकतावद्व भएर अघि बढ्न सबै भुपू सशस्त्र प्रहरी प्रतिवद्व समेत रहेको जनाइएको छ ।