

सहायक रथी खड्का सैनिक हिरासतमा

काठमाडौं । कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा नेपाली सेनाका सहायक रथी रोशन खड्कालाई सैनिक हिरासतमा राखिएको छ ।
कोषको सात करोड रुपैयाँ हिनामिनाको अनुसन्धानका लागि उनलाई बुधबार सैनिक हिरासतमा राखिएको हो ।
स्रोतका अनुसार कल्याणकारी कोषको रकम हिनामिना भएको विषयमा उनीसँग सोधपुछ भइरहेको छ ।
कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा अनियमितता विषयमा महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो ।
तर खड्कालाई सैनिक हिरासतमा राखिएको विषयमा सेनाले प्रस्ट पारेको छैन ।