प्रहरीले माग्यो असईदेखि इन्स्पेक्टरसम्म, क–कसले पाउँछन् दरखास्त दिन ? (सूचनासहित)



काठमाडौं । नेपाल प्रहरीले प्राविधिक तर्फ विभिन्न उपसमूहका लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरीको मानव स्रोत विकास विभागको भर्ना छनौट शाखाले १०४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार प्राविधितर्फको प्रहरी सहायक निरिक्षक (असई) देखि प्रहरी निरिक्षक (इन्स्पेक्टर) सम्मका लागि दरखास्त आह्वान गरिएको छ ।

सूचनाअनुसार आह्वान गरिएको पदहरुमा दरखास्त दिनका लागि यही १८ गतेदेखि २०८२ साल वैशाख १६ गतेसम्मको म्याद तोकिएको छ ।