

प्रधान सेनापतिद्वारा दुई सैन्य अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले हालै बढुवा भएका दुई सैनिक अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रधान सेनापति सिग्देलले हालै बढुवा भएका रामप्रसाद अधिकारीलाई उपरथी (मेजर जर्नेल) र मुकेश बाटाजुलाई पनि सहायक रथी (ब्रिगेडियर जर्नेल) दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
बुधबार जङ्गी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बिच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।