

बिहानै भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु म्याग्दी

काठमाडौं । शनिबार बिहान म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहान ३ बजेर १४ मिनेट जाँदा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।
पछिल्लो समय नेपाल, भारत र पाकिस्तानका विभिन्न क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प जानेक्रम बढेको छ ।