ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्णले कुटे पूर्वसांसदका छोरा !



तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले स्थानीय एक व्यक्तिलाई कुटपिट गरेका छन् ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले जग्गा कारोबारमा विवाद भएपछि पूर्व सांस्द पदमबहादुर आलेका छोरा समेत रहेका प्रभात आलेलाई कुटपिट गरेको जनाइएको छ ।

केही वर्षअघिको विषयलाई लिएर भएको विवादमा गाउँपालिका अध्यक्ष श्रेष्ठले आलेमाथि कुटपिट गरेको जनाइएको छ । आफूमाथि कुटपिट भएपछि आलेले प्रहरीमा दिन गए पछि प्रहरीले घटनाको वास्तविकता हेरेर उजुरी लिने जनाएको छ ।

तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले भने कुटपिटको घटनामा जाहेरी लिन आनाकानी गर्न नपर्ने बताए । ‘घाउ जाँच हुन्छ । घटनाको विषयमा बुझेर जाहेरी लिन्छौँ,’ उनले भने, ‘त्यसपछि कानुनी प्रक्रिया सुरु हुन्छ ।’

घटनासम्बन्धमा पालिका अध्यक्ष श्रेष्ठले आफूले आलेलाई एकपटक पाइपले हिर्काएको स्वीकारेका छन् ।