

सशस्त्र डिआईजीमा बढुवा सिफारिस निस्क्यो, दिपेन्द्र पनि भए सिफारिस

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी नायब महानिरिक्षक (डिआईजी) बढुवा सिफारिस निकालेको छ ।
मन्त्रालयको बिहीबारको निर्णयअनुसार सशस्त्रको रिक्त डिआईजीमा ३ जनाको नाम सिफारिस गरिएको छ ।
सिफारिस अनुसार डिआईजीमा पहिलो नम्बरमा कृष्ण ढकाल सिफारिस भएका छन् भने दोस्रो र तेस्रोमा क्रमशः दिपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट सिफारिस भएका छन् ।
दोस्रो नम्बरमा बढुवा सिफारिस भएका दिपेन्द्र कांग्रेस सभापति शेरबहादुर देउवाका आफन्त समेत हुन् ।