गगन थापाले गरे महाकुम्भ स्नान



प्रयागराज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकुम्भ स्नान गरेका छन ।

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा महामन्त्री थापाले स्नान गरेका हुन् ।

‘महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

यसअघि महाकुम्भ स्नान गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत प्रयागराज पुगेका थिए ।