

मुग्लिङ–नारायणगढ खण्डमा यात्रुबहाक बस दुर्घटना

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस मुग्लिङ–नारायणगढ खण्डस्थित चितवनको सेतीदोभानमा बस दुर्घटना भएको छ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको लु–प्र–०३–००१ख ००७७ नम्बरको बस पुलबाट करिब २० मिटर तल खोल्साामा खसेको हो।
बस बिहान ४ बजेर ४० मिनेटमा दुर्घटनामा परेको चितवन प्रहरीले जनाएको छ।
गाडीमा २९ जना रहेको र २० जनाको उद्धार गरी उपचारका लागि भरतपुर पठाएको प्रहरीले बताएको छ।
बाँकी यात्रुको उद्धार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।