असई सुरेन्द्रले गुमाए ड्युटीकै क्रममा ज्यान



वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको आकस्मिक निधन भएको छ ।

ड्युटीमा रहँदा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जलेश्वरमा पुर्‍याइयो । तर, त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्थानान्तरण गरिए पनि उनको उपचारका क्रममा निधन भएको हो ।

बुधवार साँझ ५ बजे असई चमारलाई श्वास फेर्न गाह्रो भएको थियो भने ६:१५ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुप्रसाद जयसवारले जनाए । स्वर्गीय चमारका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।