६ दिने भ्रमणका लागि श्रीमतीसहित काठमाडौं आइपुगे बेलायती राजकुमार एडवार्ड
काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन्।
सोफिया आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन्। उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।
एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।
त्यस्तै राजकुमार एडवार्ड पनि काठमाडौं आइपुगेका छन् । अहिले केही बेरमा उनीहरु राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटका लागि शितलनिवास जाँदैछन् । उनीहरू दुवै जना फरक फरक उडानबाट नेपाल आएका हुन् ।
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।