

फोटो पत्रकार प्रदीप श्रेष्ठ सम्मानित

काठमाडाैं । नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सी (नारा) ले पहिलो पटक फोटो पत्रकारलाई सम्मान गरेकाे छ ।
नेपालको जलयात्रा पर्यटन प्रवर्द्धनका लागि फोटोमार्फत योगदान गरेको भन्दै नाराले पहिलो पटक फोटो पत्रकार प्रदिप श्रेष्ठलाई सम्मान गरेकाे हाे ।
नाराले पहिलो पटक फाेटाे पत्रकारलाई सम्मान गर्ने क्रममा फोटो पत्रकार तथा राष्ट्रिय फोटो पत्रकार समुहका कोषाध्यक्षसमेत रहेका श्रेष्ठलाई सम्मान गरेको हो ।
सधै अगाडि देखिने र समयमा उपलब्ध नभए समाचार नबन्ने फोटोकै माध्यमबाट समाचार बनेर पनि कुनै पनि सस्थाले सम्मान गर्न छुटाएको रहेछ ।
यसलाई मध्ये नजर गरेर हरेक पाइला पाइला प्रष्ठ रुपमा फोटोमार्फत देखाउने पत्रकारलाई हामीले सम्मान गर्नु पर्छ भन्ने उदेश्यका साथ अब देखि सधैँझै अरु पत्रकारलाई दिने समयमा एकजना फोटो पत्रकारलाई पनि सम्मान गर्ने निवर्तमान अध्यक्ष शिव अधिकारी बताएका हुन् ।
वर्तमान अध्यक्ष कमल ठकुरीले यसलाई निरन्तरता दिने कुरामा जोड दिएका छन् ।